श्रावण २१, २०७७ बुधबार

बिर्तामोडमा कार्यरत एक प्रहरीमा कोरोना पुष्टि

विर्तामोड । क्वारेन्टिन सुरक्षाका लागि खटिएकी एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनी विर्तामोडको क्वारेन्टाइनमा खटिएकी थिइन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेन्टिन सुरक्षाका खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसअघि झापाका ३२ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो । पहिलो पटक झापामा जनपथ प्रहरीमा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट