जेष्ठ ७, २०८१ सोमबार

तालावन्दी खुलेपनि गएनन् लक्ष्मी माविका शिक्षक, पठनपाठन प्रभावित

अब तालावन्दी हुँदैन : पौडेल

बिर्तामोड । अर्जुनधारा –६ मा रहेको लक्ष्मी माविमा तालावन्दी खोल्दा पनि शिक्षक अनुपस्थित हुँदा पठनपाठन प्रभावित भएको छ । विधालयको वेथिती विरुद्ध संघर्ष समितिले प्रशासन र लेखामा तालावन्दी गरेको थियो ।


संघर्ष समितिले गत जेठ १२ गतेदेखि तालावन्दी गरेको थियो । विधालयमा तालावन्धीले पठनपाठन अवरुद्ध भएको गुनासो बढेपछि आन्दोलनरत पक्षले सोमवार ताला खोलेको हो । आइतवारदेखि सो विधालयमा १५ जनाभन्दा बढि शिक्षक अनुपस्थित भएको शिक्षक हाजिरीमा फेला परेको छ । तालावन्दीले पठनपाठन अवरुद्ध गरेको गुनासो बढेपछि संघर्ष समितिले सरोकारवालाको रोहवरमा ताला खोलिसकेको छ ।


तालावन्दी खोलेपछि शिक्षक–शिक्षिका पठनपाठनका लागि विधालय आउनुहुन्छ भन्ने थियो, विधालयमा भेटिएकी एक शिक्षिकाले भनिन्, – तालावन्दी खोलेपछि पनि उहाँहरु आउनु भएको छैन । सोमवार र मंगलवार दुवैदिन १५ जना भन्दा बढि शिक्षक अनुपस्थित भएका कारण विधालयको पठनपाठन प्रभावित भएको छ ।


गत आइतवार विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता, उनको श्रीमति बाल शिक्षिका ज्योती गुप्ता , सहायक प्रअ घनश्याम डाँगी, उनको श्रीमति शिक्षिका माया गौतम सहित रुपा ढकाल, धनमाया खनाल, लोकनाथ सिटौला, दुर्गा तिम्सिना, विवेक सापकोटा, संगिता खरेल, गंगा भट्टराई, कुमारी भण्डारी, कमलकान्त ढुङ्गेल, तारानाथ सेढाँई, शिव कुमार दाहाल, विमला पौडेल, सुरेश कुमार विष्ट र सिता अधिकारी विधालयमा उपस्थित भएका थिएनन् ।

उनीहरुका कारण विधालयको पठनपाठन प्रभावित भएको शिक्षिका सिर्जना रोक्काले जानकारी दिएकी छन् । उनका अनुसार विधालयमा शिक्षक शिक्षिका नआउँदा विधालयको अवस्था अस्तव्यस्त भएको छ । आइतवार विधालय नआएका संगिता खरेल, बालकृष्ण चम्लागाई, गंगा भट्टराई मंगलवार भने विधालय पुगेका छन् ।


तालावन्दी खोलेपछि पठन पाठन सुचारु गर्ने भनिए पनि शिक्षक शिक्षिका अझै विधालय नजानु रहस्यमय भएको संघर्ष समितिका एक सदस्यले भने । उनले भने , यो सबै हुनुमा कसको हात छ ?
संघर्ष समितिका संयोजक भीष्म पौडेलले तालावन्दी अब सधैंको लागि खोलिएको छ । उनले दुई दिनका लागि प्रअ गुप्तालाई जाहेरी अनुसारको आवश्यक प्रमाण झिक्न अल्टिमेटम दिएको जानकारी दिए । पौडेलले भने, – अब तालावन्दी हुँदैन ।

प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]