बैशाख १४, २०८१ शुक्रबार

बाह्रदशीको निषेधाज्ञा हट्यो

बिर्तामोड । बाह्रदशी गाउँपालिकाले तीन वटा वडामा गरेको निषेधाज्ञा खुला गरेको छ । गत साउन १२ गते देखि गाउँपालिकाले १, २ र ३ नम्बर वडामा निषेधाज्ञा ( शिल) गरेको थियो । आज आज राती १२ बजेबाट शिल खोल्ने गाउँपालिकाको आज सम्पन्न बैठकले निर्णय गरेको छ ।

गाउँपालिकाले समुदायमा कोरोना फैलिएका कारण शिल गरेको थियो । समुदायमा संक्रमित २ जनाबाट कोरोना फैलिएको हुन सक्ने भन्दै प्रत्यक्ष सम्पर्कमा रहेकाहरु स्वाब परीक्षण गरिएको थियो । उनीहरुको समेत नतिजा नेगेटिभ आएपछि निषेधाज्ञा खुला गरिएको प्रशासन प्रमुख तेज प्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार  ३ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]