बैशाख १२, २०८१ बुधबार

नेपालमा केही दिन मनसुनी गतिविधि कम हुने

बिर्तामोड अबको केही दिन नेपालमा मनसुनी गतिविधि कम हुने भएको छ । जसअनुसार आकाश केही खुल्दै जानेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फबाट केही तल झरेको छ । जसका कारण पनि उच्च मनसुनी वर्षा कम हुनेछ । तर मनसुनको समय यथावत नै रहेकाले स्थानीय वायु र जलवाष्पको उपस्थितिका कारण देशका केही भेगमा आक्कलझुक्कल वर्षा भइ नै रहनेछ ।

एक दुई स्थानमा छोटो समयको भारी वर्षा पनि हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
आगामी तीन दिन देशभर सामान्य बदली कायम रहँदै बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस अवधिमा केही स्थानमा भारी वर्षा पनि हुने जनाइएको छ ।

प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]