असार ९, २०८२ सोमबार

नेपाल–भारत वारिपारि गर्नेबाट उच्च जोखिम

विराटनगर  । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ ।

jL/uGh gfsf aGb g]kfn / ef/tsf clwsf/Lx?sf] ;xdtLdf &@ 306fsf nflu jL/uGh gfsf aGb ePkl5 d+unaf/ gfsfsf] lgu/fgL ub}{ ;’/IffsdL{ . ;f]daf/ /ftL !@ ah]b]lv aGb ul/Psf] jL/uGh gfsf d+l;/ @! ut]sf] r’gfj ;DkGg ePkl5 vf]lng] lhNnf k|zf;g sfof{no k;f{n] hgfPsf] 5 . tl:a/ M laho s’df/ dxtf], k;f{, /f;;

साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ । विशेष गरेर महामारी फैलिएको बेलामा पनि आफन्त भेटघाट गर्न आवतजावत गर्ने र सीमा क्षेत्रमा कडाइ गरिएका बेलामा पनि लुकिछिपी तस्करी गर्नेबाट नेपालतर्फका सीमावर्ती बस्तीहरुमा कोरोनाको सङ्क्रमण फैलिन सुरु भएको सुनसरीको हरिनगर गाउँपालिकाका लुकमान अन्सारीले बताउनुभयो ।

अझै पनि सीमा क्षेत्रबाट ओहोरदोहोर रोकिएको छैन, सहज रुपमै आउने जाने क्रम चलिरहेका स्थानीयहरु बताउँछन् । सुनसरीको बर्जु गाउँपालिकाको रामगञ्ज बेलगछिया, अमडुवा, अमाहिबेलाहा, देवानगञ्ज गाउँपालिकाको साहेवगञ्ज, कप्तानगञ्ज, देवानगञ्ज, हरिनगर गाउँपालिकाको घुस्की, बसन्तपुर, भोक्राहा नरसिंह गाउँपालिकाको नरसिंह टप्पु , कोसी गाउँपालिकाको लौकही, पश्चिम कुशाहा, लाही, श्रीपुर, हरिपुर र भण्टाबारी सम्मका एक दर्जनभन्दा बढी नाकाबाट दैनिक सयौंको सङ्ख्यामा सर्वसाधारणहरु नेपाल भारत ओहोरदोहोर गरिरहेका छन् ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिकाको रानी नाका, जहदा, धनपालथान गाउँपालिका तथा रङ्गेली, सुनवर्षी र रतुवामाई नगरपालिका विभिन्न स्थानबाट अहिले पनि नेपाल भारतको आवतजावत रोकिएको छैन ।

नेपाल भारत बीचको खुल्ला सीमाना र बस्ती जोडिएको कारण सर्वसाधारणलगायत तस्करी गर्नेहरुको पनि सहजै आउजाउ हुने गरेको सुनसरीको देवानगञ्जका स्थानीय सज्जाद मियाँले बताउनुभयो । यसरी सीमा क्षेत्रबाट आफन्त भेटघाट गर्न आउजाउ गर्ने र चोरीपैठारी गर्नेहरुबाट समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने कुराबाट स्थानीयहरु त्रसित छन् ।
भारतमा आफन्त रहेका नेपाली तथा नेपालमा आफन्त रहेका भारतीय नागरिकहरु स्थानीय र सुरक्षाकर्मीहरुको आँखा छलेर वारिपारि गरिरहेका छन्, यसले स्थानीय क्षेत्रमा जोखिम बढाएको मोरङको सुनवर्षी नगरपालिका वडा नं ८ का मो. यासिनले बताउनुभयो ।

‘केही दिनअघि मात्र लुकिछिपी वारिपारि गर्ने हाम्रै गाउँका एक जनाको कोरोनाकै कारण मृत्यु भयो । त्यसरी आउनेबाट समुदायमा कोरोना सर्ने हामीलाई एकदमै डर छ ’– मो यासिनले भन्नुभयो ।
त्यसो त कतिपय स्थानमा सुरक्षाकर्मीकै मिलेमतोमा पनि तस्करी हुने गरेको स्थानीयको आरोप छ । सीमामा जतिसुकै सिल गरे पनि तस्करले सामान वारिपारि गर्दै आएको स्थानीय ब्रम्हदेव साह बताउनुभयो ।

‘सुरक्षाकर्मीको मिलेमतो नभई अहिले सामान वारिपारि गर्न सम्भव छैन । कोरोनाकै मौका छोपेर पैसा कमाउन तस्करहरुले बिहान सबेरै र रातको समयमा सामान ओसारपसार गरिरहेका छन् ’– उहाँले भन्नुभयो ।

त्यस्तै, नेपालमा धानबालीका लागि आवश्यक मलखादको व्यवस्था नहुँदा पनि किसानहरु सीमापारि भारतीय बजारबाटै रासायनिक मल ल्याउन बाध्य भएको सुनवर्षी–८, सिक्टीका वडाध्यक्ष नुरुल मियाँले बताउनुभयो । ‘जसले तस्करी र गलत गतिविधि गर्छन् उनीहरुलाई कोरोनाले छाड्दैन । एक दिन आफै फेला पर्छन्’– उहाँले भन्नुभयो । सशस्त्र प्रहरी बल नेपाल (बिओपी) चुनीमारीका इन्चार्ज झपिन्द्र बानियाँले बन्दाबन्दी खोलिएको केही दिन आउजाउ र मलखाद लगायतका सामान ओसारपसार भए पनि अहिले सबै क्षेत्रमा कडाइका साथ बन्द गरिएको दाबी गर्नुभयो ।

प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]