बैशाख २०, २०८१ बिहीबार

ओरियन्सको १८ लाख ७९ हजारको सामान बरामत

बिर्तामोड । झापामा ओरियन्स नामक भारतीय कम्पनीका प्रतिनिधिले अवैध रुपमा ओरियन्सका उत्पादनहरु नेपाल भित्राउने गरेको पाइएको छ । झापा प्रहरीले गए राती मात्रै मेचीनगर–१५ बाट १८ लाख ७९ हजार ६ सयको सामाग्री बरामत गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट लुकाईछिपाई ल्याउदै गरेको ओरियन्स कम्पनीको औषधिन्य सामग्री बरामत गरि मेची भन्सार कार्यालय बुझाएको छ ।

यस्तै, प्रहरीले ६८ हजार ३ सय ७० मुल्य बराबरको कुर्ता सुरुवाल, बाबा खैनी बरामत गरी भन्सार कार्यालय बुझाएको जिल्ला कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
प्रहरीले २६ गते साँझमा कचनकवल –६ बाट भन्सार छलेर ल्याउँदै गरेको ३१ हजार ५ सय मुल्य बराबरको युरिया मल बरामत गरी भद्रपुर भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]