जेष्ठ ४, २०८१ शुक्रबार

प्रदेश १ मा थपिए ११५ जना कोरोना संक्रमित

विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा एकै दिन ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमा २२ महिला र ३८ पुरुष छन् । संक्रमितको यो संख्या विराटनगर महानगरपालिकामा हालसम्म देखिएको सबैभन्दा धेरै हो । विराटनगरमा नयाँ थपिएकासहित प्रदेश १ मा बिहीबार एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ । 

मोरङमा ८८, सुनसरीमा १९, इलाममा चार, झापा र उदयपुरमा एक/एक जनामा कोरोना देखिएको छ । एक जना प्रदेश बाहिरका रहेका छन् । प्रदेश १ मा पनि एकै दिन कोरोना पुष्टि भएको संख्या हालसम्मकै उच्च हो । मोरङको विराटनगरमा महिला र पुरुष गरेर ६०, बूढीगंगामा २५ पुरुष, कटहरीमा दुई महिला र एक पुरुष, सुनसरीको इटहरीमा तीन महिला र १० पुरुष, दुहवीमा तीन पुरुष, धरानमा एक महिला, बराहक्षेत्र र रामधुनीमा एक÷एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । 
इलामको सन्दकपुरमा चार पुरुष, झापाको बिर्तामोडमा एक महिला र उदयपुरकी एक महिलामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहीबार विराटनगरमा सबैभन्दा धेरै ९ नम्बर वडामा नौ जनालाई संक्रमण पुष्टि भएको छ । जसमा पाँच महिला र चार पुरुष छन् । विराटनगर -१२ मा आठ, २ मा दुईजना, ३ मा पाँचजना, ५ मा चार, ६ मा पाँचजना, ७ मा दुई, ८ मा छ, १० मा चार, ११ मा दुई, १३ मा दुई, १६ मा एक र १७ मा चारजनालाई संक्रमण पुष्टि भएको छ । पाँच पुरुष र एक महिला गरेर छ जनाको वडा खुलेको छैन । 

विराटनगरमा बिहीबार ६० जना थपिएसँगै महानगरमा संक्रमितको संख्या चार सय १५ पुगेको छ । संक्रमितमध्ये ६९ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । कोरानोबाट महानगरभित्रै पाँच जनाको मृत्यु भइसकेको छ ।

विराटनगर महानगरभित्र पनि कोशी अस्पतालकी एक स्टाफ नर्सलाई संक्रमण पुष्टि भएको छ । हालसम्म अस्पतलामा संक्रमितको संख्या १८ पुगेको मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए ।

विराटनगरका चार सय १५ सहित प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार छ सय २६ पुगेको छ । प्रदेश १ बाट बिहीबार २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या प्रदेशमा एक हजार ४० पुगेको छ। – अन्नपूर्णबाट

प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार  ३ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]