करफोकको क्वारेन्टिनमा बसेका युवकको मृत्यु
सूर्याेदय नगरपालिकास्थित करफोकको क्वारेन्टिनमा बसेका एक युवकको निधन भएको छ। सूर्याेदय नगरपालिका–९ का अन्दाजी २२ वर्षे युवकको आइतबार राति ११ बजेतिर निधन भएको नगरले जनाएको छ।
भारतको हैदराबादबाट आएर साउन २६ देखि क्वारेन्टिनमा बसेका ती युवकमा रुघाखोकीलगायत ज्वरोको लक्षण देखिएपछि गएराति नै चिकित्सकको टोली क्वारेन्टिन पुगेको थियो।
तर, युवकको राति नै निधन भएको नगरपालिकाका प्रवक्ता पेमाउग्येन लामाले बताए। ‘मृतकको पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षणका लागि गत साउन २९ मा स्वाव संकलन गरी विराटनगर पठाइएपनि रिपोर्ट आउन बाँकी छ,’ प्रवक्ता लामाले भने।