बैशाख १४, २०८१ शुक्रबार

कामना बैंकको शाखा बुधबारेमा

बुधबारे । कामना सेवा विकास बैंकले झापाको बुद्धशान्ति स्थित बुधबारे बजारमा बिहीवार आप्mनो ८९ औं शाखा विस्तार गरेको छ ।
बैंकका संचालक विश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई, झापा उद्योग बाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाईं, बुधबारे शाखा प्रमुख सुर्भन श्रेष्ठ लगायतको उपस्थितिमा शाखाको कारोबार शुभारम्भ गरिएको हो ।
उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक सुवेदीले सहभागीलाई स्वागत गर्दै यसबैंक मार्फत कारोवार गर्न सबैलाई अनुरोध गरे । बैंकका सिइओ प्रविन बस्नेतले बैंकले प्रदान गर्ने सेवा र सेवाग्राहीलाई प्रदान गरिने सेवा सुविधाका बारे सहभागिलाई जानकारी गराए । प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राईले कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रवर्द्धनलाई अझ तीव्रताका साथ अघि बढाउन पूर्वमा शाखा विस्तार गर्दे लगेको बताए । उनले कार्यक्रममा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिएका थिए । त्यस्तै अतिथि झापा उद्योग बाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाईले बुधबारेमा थप अर्को बैंक आउनु खुसीको कुरा भएको बताए । उनले सबै वर्गलाई सुविधा पुग्नेगरी कारोवार गर्न बैंकलाई अनुरोध पनि गरे । बैंकले जुनसुकै शाखामा रकम जम्मा गर्न र झिक्न सकिने, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।
बिहीवारकै दिन झापाको पाडाजुँगीमा समेत शाखा खोलिएको जनाइएको छ । बंैकले झापाको अन्य ठाउँमा समेत चाँडै नै शाखा स्थापना गर्ने बैंकका सीईओ प्रविन बस्नेतले बताए ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार  ४ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]