असार ११, २०८२ बुधबार

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने क्यामेरापर्सन पक्राउ, अरुलाई खोज्दै प्रहरी

काठमाडौं । मंगलबार दिउँसोदेखि यु ट्युवमा सार्वजनिक भएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्यको समाचार सामाजिक संञ्जालमा भाइरल भयो । सामाजिक संञ्जाल प्रयोगकर्ताहरुले तत्कालै गलत भएको भन्दै प्रहरी समक्ष उजुरी समेत गरे । प्रहरीले तत्कालै सकृयता देखायो । अपराध महाशाखा काठमाण्डौको टोलीले सो गीतको छायांकन गर्ने क्यामेरा फर्सनलाई पक्राउ गर्याे ।

नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखा, काठमाण्डौका एसएसपी दीपक थापाले गीतको छायांकन गर्ने एकजनालाई पक्राउ गरेको जानकारी दिनुभयो । उहाँले प्रहरीको टोलि राष्ट्रिय झण्डा जलाउने व्यक्तिहरुको खोजिमा परिचालन भैसकेको थापाले बताउनुभयो । सो गीतको रेकर्डिङमा पाँच सात जनाको समूह रहेकाले प्रहरीले उनीहरुको खोजिमा सकृय बनेर लागेको थापाले बताउनुभयो । पक्राउ परेका व्यक्तिको बारेमा थप केही खुलाइएको छैन ।

प्रहरीले भिडियोमा देखिएका थप व्यक्तिहरुलाई नियन्त्रणमा लिएर मुद्धा चलाउने एसएसपी थापाले बताउनुभयो ।  मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।

प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार  ४ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]