अवैध हात हरियार मुद्दामा फरार मेचे बिर्तामोडबाट पक्राउ
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले अवैध हात हरियार खरखजना मुद्दामामा फरार रहेका अर्जुनधारा–६ का सुनिल मेचेलाई पक्राउ गरेको छ ।

मेचेलाई आज बिर्तामोड पश्चिम बस स्टेण्ड क्षेत्रबाट पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले जानकारी दिए । ३८ वर्षीय मेचे विरुद्ध अवैध हात हतियारको मुद्दामा जिल्ला प्रशासक कार्यालय ललितपुरले ०७५ चैत ११ गते १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने ठहर गरी फैसला सुनाएको थियो । सो समयदेखि फरार रहेका मेचेलाई पक्राउ गर्न ललितपुरले झापा प्रहरीलाई पत्राचार गरेपछि पक्राउ गरिएको प्रवक्ता थापाले बताए ।
प्रतिवादी सुनिल मेचेलाई कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइने झापा प्रहरीले जनाएको छ ।