बैशाख २९, २०८२ सोमबार

‘झापा गोलीकाण्ड’ छानविन गर्न समिति गठन

बिर्तामोड । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा स्थानिय र सुरक्षाकर्मी बीचमा झडप हुँदा ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको घटना छानविन गर्न समिती गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।
समितिमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा र राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख सुशान्त बराल छन् । गृह मन्त्रालयको निर्देशनपछि झापाका प्रमुख जिल्ला अधिकारीले छानविन समिति बनाएका हुन् । बुधवार साँझ सशस्त्र प्रहरीले चलाएको गोली लागेर स्थानीय रसिकुलको मृत्यु भएको थियो । छानविन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको प्रजिअ रानामगरले बताए ।
झापाको कत्लामारीमा अब्दुल सलाम र ताहबुल हकले गोरु काटेको सुराक पाएपछि प्रहरी उनीहरुलाई पक्राउ गर्न त्यहाँ पुगेको थियो । तर, प्रहरीसँगै सशस्त्र प्रहरीको टोली पनि त्यहाँ पुग्यो । गोरु काट्नेलाई राती जिल्ला प्रहरी कार्यालय झापामा ल्याउँदै गर्दा बाटोमा झडप भएको थियो । झडपको क्रममा सशस्त्र प्रहरीले १० राउण्ड गोली चलायो ।
अपराध अनुसन्धान र पक्राउको जिम्मा स्थानीय प्रहरीको भएपनि शसस्त्र प्रहरी गोरु काटेको गाउँमा किन पुग्यो भन्नेबारे स्थानीयले प्रश्न उठाएका छन् । सशस्त्रले अनाहकमा गोली चलाउँदा अनाहकमा निर्दोषले ज्यान गुमाएको स्थानीय प्रशासनको प्रारम्भिक निष्कर्ष छ ।

प्रकाशित मिति : भाद्र १२, २०७७ शुक्रबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]