अवरुद्ध मेची राजमार्ग खुल्यो
बिर्तामोड । भारी वर्षापछिको पहिरोले अवरुद्ध मेची राजमार्ग खुलेको छ । आज विहान पहिरो हटाएर झापा–इलामको आवतजावत सूचारु गरिएको छ ।

सोहि पहिरोले झापासँग सीमा जोडिएको इलामको रोङ गाउँपालिकामा एक घर बगाएको छ । रोङ गाउँपालिका ६ का वडाध्यक्ष सुवास स्याङ्बोले पहिरोले स्थानीय बलबहादुर राईको घर बगाएको बताए । उनीहरुलाई राति नै उद्धार गरी सुरक्षित स्थानमा लगेर राखिएको छ ।
मेची राजमार्गका आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो ।
पहिरोका कारण गाउँपालिकाका विभिन्न ठाँउमा बिजुलीका पोलमा पनि क्षति पुगेको वडाध्यक्ष स्याङ्बोले जनाए ।