जेष्ठ २, २०८१ बुधबार

फेसबुक, ट्वीटरमा जिस्काए पाँच वर्ष जेल

काठमाडौं । प्रतिनिधि सभाको विकास समितिले फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान यथावत् राखेर सूचना प्रविधि विधेयकमा छलफल अगाडि बढेको छ ।
विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे ५ वर्ष जेल १५ लाख जरिवाना वा दुबै सजायको प्रावधान हुने छ ।


उपसमितिले निरन्तर शब्द थप गरेको छ । साथै हप्काउने शब्द पछाडि धम्क्याउने शब्द थप गरेको छ । साथै जरिमाना र जेल सजाय यथावत् राख्नु उचित हुने ठर्हयाएको छ । नेपाली कांग्रेसका सांसदहरूले संयुक्त रूपमा दर्ता गराएको संशोधनमा सर्वसाधारणले सामाजिक सञ्जालमा लेखेको कुरा हटाउन निर्देशन दिने व्यवस्था राख्न प्रस्ताव गरेका थिए । उनीहरूले जिस्क्याएकै भरमा जेल जानु पर्ने प्रावधान राख्न नहुने भन्दै संशोधन दर्ता गराएका थिए ।


सांसदहरू गगन थापा, बहादुरसिंह लामा, रंगमती शाही, दिलेन्द्रप्रसाद बडू, डिला संग्रौला, सुजाता परियार, मिनाक्षी झा, पुष्पा भुसाल, सञ्जयकमार गौतम, अतहर कमाल मुसलमान, रामबहादुर बिष्ट, लक्ष्मी परियार, देवप्रसाद तिमिल्सिना र प्रकाश रसाइलीले उक्त संशोधन दर्ता गराएका थिए । उपसमितले उनीहरूको संशोधनलाई अस्वीकार गरिदिएको हो ।
उपसमितिले पेश गरेको प्रतिवेदन समितिमा छलफल भएपछि प्रतिनिधि सभाको बैठकमा पेश हुनेछ ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार  ७ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]