बैशाख २५, २०८१ मंगलबार

झापाका १४ सहित थप ११२० जनामा कोरोना

बिर्तामोड । झापाका १४ सहित बुधबार मुलुकभर कोरोनाका ११२० संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए। झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगर ३ पुरुष, बिर्तामोड २ पुरुष १ महिला, हल्दिवारी र गौरीगञ्जमा १÷१ पुरुष गरी जम्मा १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यीसहित हालसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ।

प्रकाशित मिति : भाद्र १७, २०७७ बुधबार  ४ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]