बैशाख ३०, २०८२ मंगलबार

प्रहरीलाई ढुङ्गा हान्ने नक्कली पत्रकार पक्राउ

काठमाडौँ । बिहीबार पुलचोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुङ्गा हान्ने थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुङ्गा हान्ने युवकलाई शुक्रवार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनी महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनीश महर्जन हुन् । उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

प्रहरीले बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुङ्गा मुढा गर्ने १३ जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]