जेष्ठ ८, २०८१ मंगलबार

झापाका कैदीबन्दीलाई मिनिबस

बिर्तामोड । झापा कारागार भद्रपुरमा टाटा विङगर मिनी बस आएपछि कैदीबन्दीको दीर्घकालीन समस्या टरेको छ । एउटा सानो जिप भएको झापा कारागारमा कैदीबन्दी बिरामी पर्दा आलोपालो अस्पताल लैजानु पर्ने जटिल समस्या थियो ।


सोही समस्यालाई मध्यनजर गरी गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागले झापा कारागारका लागि एउटा टाटा विङगर मिनी बस पठाएको छ । कारागारमा मिनी बस आएपछि दीर्घकालीन समस्या टरेको भन्दै कैदीबन्दी हर्षित भएका छन् ।

१६ सिटे टाटा विङगर मिनी बस एक साताअघि झापा कारागारमा आएको कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए । ‘कैदीबन्दीलाई बाहिर लैजानु पर्ने दुई वटा कारण हुन्छ, एउटा अस्पताल, अर्को अदालत ।

कारागारको एउटा सानो जिपमा एक पटकमा दुई जनाभन्दा बढी कैदी अस्पताल लैजान सकिँदैन थियो’, जेलर निरौलाले भने, ‘एक जना कैदी बराबर दुई प्रहरी जानु पर्ने, दुई कैदी जाँदा ६ जना जान्थे, जसले गर्दा बिरामी परेका कैदी पालो कुर्थे वा रकम खर्चेर भाडाको गाडी मगाउनु पथ्र्यो ।’ ‘यस्तो समस्याको बारेमा विभागलाई जानकारी गराएपछि बल्ल एउटा मिनी बस पठाएको हो, उनले थपे ।


उनका अनुसार अब मिनी बस र जीपसहित दुई वटा कैदी बोक्ने साधन भएकाले अस्पताल र अदालत दुवैतर्फ कैदी बोकेर लैजान सजिलो हुने भएको हो । ‘कैदीबन्दीको चापअनुसार कारागारमा साधन नहुँदा समस्या नै थियो’, कारागारका महिला चौकीदार भैरावदेवि श्रेष्ठले भनिन्, ‘अब पालो पर्खिनु परेन, कैदीले समयमै उपचार पाउने भयो ।’

मिनी बस आएपछि कैदीबन्दी खुसी भएको उनले बताइन् । हाल कारागारमा १०२७ पुरुष र ९४ महिला गरी ११२१ कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]