बैशाख १४, २०८१ शुक्रबार

बुढेसकालमा बाँधिएका नयाँ जोडी

हरिमाया भन्छिन् – खै के उल्का लागेर हिडे

सन्तोष परियार

बिर्तामोड । झापा शिवसताक्षी – ७ निवासी ६५ वर्षीया हरिमाया तिखत्री शनिवार आगनीमा कुचो बुन्दै गरेको अवस्थामा भेटिइन् । श्रीमान घरभित्र कपडा सिलाउँदै थिए । नयाँ दुलही बनेर नयाँ घरको जिम्मेवारी लिएकी बृद्धा हरिमाया बुढेसकालमा सहारा खोज्दै मानवहादुरको जीवनमा आइन् ।

श्रीमान वितेको वर्ष समेत भुलेकी वृद्धा हरिमाया र मान बहादुरको जोडी गत असार अन्तिममा बाँधिएको हो । उनीहरु दुवै जना बेसहारा थिए । विवाहपछि एकअर्काको सहारा बन्न थालेका छन् ।
शिवगञ्ज नजिकै ओइलनी जग्गामा सानो झुप्रो घर बनाएर बसिरहेका दुवै जना नयाँ जीवनको शुरुआत गरेको बताउँछन् । श्रीमति वितेपछि एक्लो जीवन विताइरहेका मान बहादुर पनि केहि वर्षदेखि साथी खोज्न आफन्तलाई आग्रह गर्दै आएका थिए । उनले बजारमा बेलाबखत हरिमायासँग भेट भएको सुनाए । मान बहादुर भन्छन्, दिनभर काम गरेर घर आउँदा घर रित्तै, आफै बनायो खायो । साह्रै खल्लो जिन्दगी लागेपछि सहारा खोजेको हुँ । उनले दुई छोरा भए पनि घरको अन्धाकार मेट्न विवाह गरेको स्वीकार गरे ।

छोरीको घरमा बस्दै आएकी हरिमाया बेलाबखत मजदुरी गर्न हिड्ने गरेको सुनाइन् । मजदुरी गरेरै फर्किदा मान बहादुरसँग भेट भएको उनले सुनाईन् । ६६ वर्षीय मानबहादुर विवाह पछिको जीवन खुशीयाली भएको बताउँछन् । हरिमायाको नागरिकता छैन, मानबहादुर भन्छन् – अब विवाह दर्ता गरेर श्रीमतिलाई पनि भत्ता खाने बनाउनु छ । उनले आफु र श्रीमतिको भत्ताले जीवन चलाउने सोच रहेको सुनाए ।

वद्धा हरिमाया धेरै ठट्टा गर्ने गरेको मान बहादुरको भनाई छ । कुराकानी कै क्रममा हरिमायाले भनिन्, खै के उल्का लागेर हिडे थाहै छैन । उनले एकै दिनमा कुराकानी गरेर ‘बाबै’ सँग आएको सुनाईन् । मान बहादुरका अनुसार असारको अन्तिम दिन थियो । भेटेमै कुराकानी भयो, लाने भए एक फेरो नयाँ लुगा र सिन्दुर ल्याउनु भनेपछि सामान लिन शिवगञ्ज गए । एकै दिनमा कुरा छिनेर बेलुकी तिर घरै ल्याए ।

प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार  ४ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]