जेष्ठ ७, २०८१ सोमबार

किन हुदैन चाहेको बेला यौन उत्तेजना ?

Couple Relaxing In Bed Wearing Pajamas Lying Down Laughing

नेपाली समाज अझै यौनक बिषयमा खुलेर कुरा गर्न लजाउने गर्दछ । किनकी नेपाली समाजमा यस्तो कुरा गर्नु सकारात्मक पनि मानिदैन । त्यसैले होला हामीहरुले समाजमा देख्छौं कि मानिसहरु यौन सम्बन्ध कुराकानी गर्न हिच्किचाने गर्दछन् । तर समाजले जे भनेपनि सुखी र दाम्पत्य जीवनका लागि यो कुराको धेरै नै महत्वपुर्ण छ ।


त्यसैले सुखद जीवनका लागि सुखद सेक्स लाइफ हुनु निक्कै जरुरी रहेको छ । सेक्स पनि मानिसको जीवनको त्यस्तै आवश्यक्ता हो जस्तै खानु, सुत्नु, दैनिक काम गर्नु । तर कतिपयको जीवनमा सेक्सले अन्य कामले जति महत्व पाउँदैन त्यसैले सेक्स बैबाहिक जीवन नारकीय बन्न पुग्छ ।


खासमा यस्तो हुनुको मुख्य कारण भनेको यौनको विषयमा प्रयाप्त ज्ञान नहुनु पनि मुख्य कुरा हो । आखिर मानिसको जीवनमा सेक्सका लागि उपयुक्त उमेर कुन हो त ।
हालै अमेरिकाको मेडिकल एसोसिएसनले गरेको एक अध्यनका क्रममा पुरुषलाई विहानको समयमा यौन सम्बन्ध राख्न बढी मन पर्छ । तर महिलाहरुलाई भने विहानमा भन्दा रातिको समयमा रोमान्टिक हुन मन पर्छ ।


यस्तो हुनुको कारण हर्मोन रहेको अध्यनको निष्कर्ष छ । रातिमा महिला सक्रिय हुन्छन् तर पुरुषहरु सुत्न चाहन्छन् । विहानमा पुरुष सक्रिय हुन खोज्छन् तर महिला सुत्न मन पराउँछन् । यो अध्यनका अनुसार अधिकाँश पुरुषमा हुने एक प्रकारको हर्मोनले विहानको समयमा पुरुषलाई उत्तेजित तुल्याउँछ । तर सोही हर्मोन महिलाको हकमा भने रातिमा बढी सक्रिय हुने गरेको पिएको छ ।

यौन उत्तेजनाको समस्या महिला र पुरुष दुवैमा हुने गर्दछ । महिलाहरुमा उत्तेजनाको बेला यौनाङ्ग मुलायम भै फैलिने र रसिलो हुने प्रक्रियामा गड्बडी हुने समस्या हुन्छ । धेरै महिलाहरुमा डर, त्रास, संकोच जस्ता मनोगत कारणहरुले पनि यौन उत्तेजना आउदैन । केहि महिलाहरुमा संक्रमण, हर्मोनको समस्या वा अन्य कुनै औषधिको सेवनले पनि यौन उत्तेजना नआउने हुन्छ । Sex-Depression पुरुषहरुमा भने प्रयाप्त समयसम्म लिङ्ग ठाडो र कडा नरहने समस्या आउनसक्छ ।


पुरुषमा पनि शारिरीक रोग, मद्यपान तथा लागूपदार्थ र औषधि सेवन जस्ता कारणले पनि यौन उत्तेजना नआउने हुन्छ । तर यौन क्रियाकलापमा लिङ्ग उत्तेजित हुन्न भने मनोगत समस्या भएको बुझ्न सकिन्छ । प्रायः डर, त्रास, उदासिनता, चिन्ता, थकान वा यौन चाहनाको कमिले पनी यौन उत्तेजना नआउने हुन्छ । उमेर छिप्पिँदै गएपछि यौन उत्तेजनाको समस्या पनी बढ्दै जाने गर्छ । यस्ता समस्याग्रस्त महिला र पुरुष दुवैमा रहेको डर र त्रासलाई मनोवैज्ञानिक विधिद्धारा निवारण गर्दै लानुपर्ने हुन्छ ।


चरम आनन्द नहुने समस्या
यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ । यसका दुई कारण छन् । पहिलो महिलाकै आफ्नो विभिन्न कारणले चरम विन्दुमा नपुग्नु र दोस्रो कारण पुरुषमा यौन ज्ञान, अनुभवको कमि तथा विभिन्न व्यक्तिगत र सामाजिक दृष्टिकोणका कारण महिलाको यौन आवश्यकता पुरा नहुनु हो ।


पुरुषमा भने यौन उत्तेजना ढिलो वा चाडो वीर्य स्खलन वा वीर्य स्खलननै नहुनसक्छ । हस्तमैथुन र अन्य तरीकाले आनन्द महसुस हुने वानी परेका कतिपय पुरुषहरुमा यौन समागमले वीर्य स्खलन नहुन सक्छ । यौनलाई दवाइने सामाजिक, पारिवारीक माहोल वा दृष्टिकोण तथा विभिन्न औषधि र लागुपदार्थको सेवनले पनि यस्तो अवस्था श्रृजना हुनसक्छ ।


यौन शिक्षा वा ज्ञान, यौनसम्बन्धी भ्रमको निवारण र दम्पतिबीच समझदारी नै समस्याको समाधानमा महत्वपूर्ण हुन्छ । विशेषगरी पुरुषले महिलालाई यौन प्रक्रियाको चरणदेखि विभिन्न क्रियाकलापबाट आनन्दको चरणतिर लानुपर्ने हुन्छ । प्राकृतिक हिसाबले पुरुष चाँडो र सजिलै उत्तैजित भई चरम सुखको चरणमा पुग्ने भएकाले महिलालाई यस्तो चरणसम्म पु¥याउन पुरुषले बिस्तारै सहवासको प्रक्रिया अगाडि बढाउनु र उत्तेजित पार्नुपर्ने हुन्छ ।

शीघ्रपतन
किशोर तथा नवविवाहित पुरुषहरुमा यौन अनुभव कमी शीघ्रपतनको कारण हो । महिलाको यौनाङ्गमा लिङ्ग घुसाउनु अघि वा तुरुन्तै वीर्य झर्नाले यौन तृप्तिको कमी हुनजान्छ । यो समस्या अधिकांशमा मनोगत हुने गर्छ । यसको निराकणका लागि यौन ज्ञान, यौन सम्बन्धी भ्रमको निवारण र श्रीमतीको समझदारी महत्वपूर्ण हुन्छ ।

पुरुष उत्तेजित भै वीर्यस्खलन होला जस्तो अनुभव भएपछि महिलाले पुरुष अंगको टुप्पाभन्दा केहि तलतिर केहि सेकेण्डका लागि दुई औँलाले थिचेर उत्तेजना अलिकम भएपछि छोड्ने तरीका पनि अपनाउन सकिन्छ । चिकित्सकको सल्लाह अनुसार औषधि पनि लिन सकिन्छ ।
एजेन्सी

प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]