चैत्र १५, २०८० बिहीबार

८ करोड लगानीमा शिवसताक्षीले रिङ रोड निर्माण थाल्दै

बिर्तामोड । झापाको शिवसताक्षीले चालु आर्थिक वर्षमा रिङ रोडलाई प्राथमिकतमा राखेको छ । मुख्य योजनाका रुपमा अघि सारिएको रिङ रोड निर्माणको लागि सर्वे थाल्ने तयारी गरेको नगर प्रमुख चन्द्र शेर्माले जानकारी दिए ।

८ करोड लगानीमा शिवसताक्षीले रिङ रोड निर्माण गर्ने शेर्माले जानकारी दिएका छन् । उनका अनुसार नगरका सबै वडालाई सडक सञ्जालमा जोड्न रिङ रोडको अवधारणा अघि सारिएको हो । शिवसताक्षीको शिवगञ्ज बजार–विष्णु चोक हुँदै रिङ रोड माइधारदेखि धरमपुर जोडिनेछ । नगरका सबै वडासम्म कालोपत्रे पुर्याउने उदेश्यले शुरु गर्न लागिएको रिङ रोडका लागि सबै सडक ग्राभेल र कल्भर्ट निर्माण सकिएको छ ।

शिवसताक्षी नगरपालिकाका सूचना अधिकारी प्रकाश चौधरीले चालु आर्थिक वर्षमा बजेट अनुसारको काम सम्पन्न गरिने जानकारी दिए । उनले नगरको ४ र ५ नम्बर वडा बाहेक सबैमा कालोपत्र पुगेको बताए । रिङ रोड निर्माणको क्रममा ४ र ५ पनि कालोपत्रे गरिने चौधरीले बताएका छन् । सबै वडालाई सडक सञ्जालमा जोडेर नागरिकलाई सहज आवतजावत गर्न रिङ रोड प्रभावकारी हुने चौधरीको भनाई छ ।

प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार  १२ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]