बैशाख ३०, २०८२ मंगलबार

२०७४ सालदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुल्यो

काठमाडौं । सरकारले तीन वर्षपछि जग्गाको कित्ताकाट खुलाएको छ । २०७४ सालदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुलेको हो ।

‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ । मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले तीन वर्ष पहिले गरेको त्यो सर्वसाधारणका लागि अभिसाप बनेको थियो । कित्ताकाट गरेबापत प्रतिआना १ लाख ५० हजार रुपैयाँसम्म नजराना बुझाउनु परेको गुनासो अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमा पुगेको छ । दहित आफैले १३ वटा कम्पनी र व्यक्तिलाई भने जग्गा प्लटीङ गर्न पाइने निर्णय गरेका थिए ।

२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले बन्द गराएको कित्ताकाट पद्मा अर्यालले फुकुवा गरेकी हुन् ।

प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार  ४ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]