मेसी फर्किए बार्सिलोनाको अभ्यासमा
बार्सिलोना — बार्सिलानाका सर्वाधिक गोलकर्ता लियोनल मेसी सोमबार क्लबको अभ्यासमा फर्केका छन् । क्लब छाड्ने निर्णय फेरेका ३३ वर्षीय मेसीले आफ्नो ‘रिलिज’ बुँदा कारण यो निर्णय पूरा हुन नसक्ने बताएका थिए ।

क्लबले नयाँ प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई नियुक्त गरेपछि मेसी बार्सिलोनमा अभ्यास गरेको यो पहिलो पल्ट हो । बार्सिलोनाले स्पेनी ला लिगाको आफ्नो पहिलो खेल सेप्टेम्बर २७ मा भिल्लारियलविरुद्ध खेल्नेछ ।
मेसीले सुरुवाति अभ्यास भने एक्लै गरे । यस्तै बायर्न म्युनिकबाट ऋणमा फेरि बार्सिलोना फर्केका फिलिपे कोउटिन्होले पनि एक्लै अभ्यास गरेका छन् । बाँकी खेलाडीले भने सामूहिक अभ्यास गरेका थिए ।