बैशाख २३, २०८२ मंगलबार

कोपा अमेरिका फुटबल : ब्राजिलको विजयी सुरुवात

काठामाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० गोलले पराजित गरेको हो ।


ब्राजिलको जितमा २ गोल फिलिप काउन्टिन्होले गरेका थिए भने एक गोल इभर्टन सुसाले थपे । सुरुदेखि बोलिभियाविरुद्ध बल पोजेशन बढी राखेप नि गोल गर्न भने ब्राजिललाई दोस्रो हाफ कुर्नु परेको थियो । ५० औं मिनेटमा बोलिभियाका खेलाडीले डी बक्समा फल गरेपछि पाएको पेनाल्टीलाई फिलिप काउटिन्होले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । त्यसका तीन मिनेट पछि काउटिन्होले नै टिमका लागि र व्यक्तिगत दोस्रो गोल गरे ।


दोस्रो गोल काउटिन्होले रोबर्टो फिर्मिन्होको पासमा गोल गरेका थिए । ८५ औं मिनेटमा इभर्टन सुसाले फिरमिन्होको पासमा गोल गर्दै ब्राजिललाई ३–० को अवस्थामा पुर्याए ।


ब्राजिलसामु निरीह देखिएको बोलिभियाले जम्मा २८ प्रतिशत बलमा मात्रै नियन्त्रण कायम गर्न सकेको थियो । प्रतियोगिताअन्तर्गत आज समूह ए मा रहेका पेरु र भेनेजुएलाबीच खेल हुनेछ । समूह बीअन्तर्गत अर्जेन्टिना र कोलोम्बियाबिचको खेल पनि हुनेछ । पहिलो खेल आइतबार बिहान पौने १ बजे र दोस्रो खेल बिहान पौने ४ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]