बैशाख १४, २०८१ शुक्रबार

झापाका नयाँ सीडीओले थाले दैनिक सम्पादन हुने कामको सार्वजनिकिरण

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले दैनिक सम्पादन भएको काम सार्वजनिक गर्न थालेको छ । नयाँ प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जिम्मेवारी सम्हालेको केहि दिनमै कार्यालयबाट नमूना कामको थालनी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले आज शुक्रवार कार्यालयबाट भएका काम र संकलन भएको राजश्व सार्वजनिक गरेको छ । सरकारी कार्यालयमा सूचना लुकाउने घटनाले सेवाग्राही सूचनाको अधिकारबाट बञ्चित हुदै आएका थिए । तर, झापा जिल्ला प्रशासनले थाहा नगरपालिकाले जस्तै दैनिक सम्पादन भएका काम र संकलन भएको राजश्व सार्वजनिक गर्न थालेको छ ।

थाहा नगरपालिकाले दैनिक आम्दानी, खर्च र सबै गतिविधि हरेक दिन सार्वजनिक गर्दै आएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय झापाले वंसज नागरिकता १७ र प्रतिलिपि नागरिक १३ जनालाई प्रदान गरेको छ । कार्यालयले राहदानी वितरण १, साधारण राहदानी सिफारिस ५ र द्रत राहदानी सिफारिस ५ जनालाई प्रदान गरेको सार्वजनिक गरेको छ । नाबालाक परिचय पत्र वितरण १ जनालाई गरेको छ । कार्यालयले आज २३ हजार ५ सय राजश्व संकलन गरेको विवरण सार्वजनिक गरेको छ ।

प्रजिअ तिमिल्सिनाले नागरिकको सूसुचित हुन पाउने अधिकारीलाई ख्याल गरेर कार्यालयबाट सार्वजनिकिकरणको काम थालनी गरेको बताए । उनले उक्त कार्यालयबाट सूचना सार्वजनिक गर्ने काम निरन्तर अघि बढाउने जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  ३ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]