बैशाख ६, २०८१ बिहीबार

झापामा जातीय विभेद् गर्ने दम्पती १८ दिन हिरासत बसे, तीन-तीन लाख धरौटी बुझाएर छुटे

बिर्तामोड । जातीय विभेदसहित कुटपिट गर्ने मेचीनगर–१३ चारआलीका एक दम्पती १८ दिनको हिरासत बसाई पछि छुटेका छन् ।

उनीहरुलाई झापा जिल्ला अदालतले ३/३ लाख धरौटीमा शुक्रवार रिहा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । दम्पती विरुद्ध जातीय विभेद तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ अन्तर्गत मुद्धा दर्ता भएको थियो ।

गत भदौ ८ गते जातीय भेदभाव गर्दै कुटपिट गरेको आरोपमा दुर्गा श्रेष्ठ र विष्णु प्रधानविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी परेको थियो । सोहि ठाउँमा डेरा गरी बस्ने चन्द्रकला लामगादे र उनको श्रीमानलाई गालीगलौज गर्दै कुटपिट गरेका थिए ।

श्रेष्ठ दम्पतीले स्थानीय राजन दर्जीलाई जातीय रुपमा होच्याउँदै कुटपिट गरेपछि चन्द्रकलाले प्रतिकार गरेकी थिइन् । उनले जातभातको कुरा नगर्न आग्रह गर्दा उल्टै उनीमाथि श्रेष्ठ दम्पती जाई लागेका थिए । कुटपिटमा संलग्न व्यक्ति नेपाली सेनाबाट सेवानिवृत्त भएका हुन् ।

मेचीनगर नगरपालिकाको कार्यपालिका सदस्य एवम् झापाकी दलित नेतृ निर्मला परियार जातीय विभेद गर्नेलाई गरिएको कारवाही जिल्लामै ठुलै सजाय भएको बताइन् । उनले समाजमा विभेद् गर्ने कसैलाई पनि कानुनी दायरामा ल्याइने जानकारी दिइन् ।

प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]