आश्विन १५, २०७७ बिहीबार

बिदामा पनि प्रशिक्षणमा व्यस्त छन् मेस्सी

एजेन्सी । केही समयअघि क्लब छाड्ने निर्णय गरेका मेस्सी क्लब फर्किएपछि लगातार प्रशिक्षणमा व्यस्त छन् । आफ्ना सहकर्मी भन्दा एक साता ढिला प्रशिक्षणमा फर्के पनि स्पेनिस बार्सिलोनाका कप्तान लियोनेल मेस्सी बिदाका दिन पनि प्रशिक्षण व्यस्त देखिएका छन् ।

बिहीवार टोलीका सबै खेलाडी बिदामा रहे पनि मेस्सी भने एक्लै प्रशिक्षणमा व्यस्त रहे । उनले अब एक सिजन मात्र क्लबमा रहने बताए पनि आउदो सिजनलाई अझ फिट राख्न बिदामा पनि प्रशिक्षणमा आएका हुन् । प्रि- सिजनको मैत्रीपुर्ण खेलमा शनिबार (आज) राती जम्यास्टिक डि टारागोनासँग खेल्दै छ तर, सो खेलमा मेस्सी खेल्छन् भन्ने निश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट