बैशाख १४, २०८१ शुक्रबार

नशाको तालमा आमाको हत्या

झापा : झापाको कमल गाउँपालिका–७ बाह्रघरेमा आइतबार साँझ ८ बजे छोराले आमाको हत्या गरेका छन्। उक्त क्षेत्रमा रहेको मुसहर बस्तीका २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो र ढुंगा प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको प्रवक्ता थापाले बताए। उनका अनुसार नशाले मात्तिएका दिनेशले आमामाथि सामान्य भनाभनकै क्रममा आक्रमण गरेका थिए। 

गए राती नै दिनेशलाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्। प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रवक्ता थापाले बताए ।

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]