बैशाख ८, २०८१ शनिबार

यी हुन् सर्वाधिक कमाइ गर्ने १० खेलाडी

एजेन्सी । बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।

फोर्ब्सका अनुसार मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ । मेसीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाउछन् । मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाइ गरेका छन् ।

यस्तै रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका छन् । यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने फरवार्डद्वय नेमार र किलिएन एमबाप्पे क्रमश: तेस्रो र चौथो स्थानमा छन् । नेमारको वार्षिक कमाइ ९६ मिलयन डलर र एमबाप्पेको ४२ मिलयन डलर रहेको छ ।

यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मोहमम्द सालाह पाँचौ र म्यानचेष्टर युनाइटेडका पउल पोग्वा छैटौं स्थानमा छन् । बार्सिलोनाका एन्टोनी ग्रीजमन सातौं, रियल मड्रिडका गारेथ बेल आठौं, बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की नवौं र म्यानचेष्टर युनाइटेडका डेविड डे हेअ दशौँ स्थानमा छन् ।

यी हुन् सर्वाधिक कमाइ गर्ने १० खेलाडी

  • लियोनल मेसी- १२६ मिलियन अमेरिकी डलर
  • क्रिस्टियानो रोनाल्डो- ११७ मिलियन डलर
  • नेमार- ९६ मिलियन डलर
  • किलिएन एमबाप्पे- ४२ मिलियन डलर
  • मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर
  • पउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर
  • एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर
  • गारेथ बेल- २९ मिलियन अमेरिकी डलर
  • रोवर्ट लेवान्डोस्की- २८ मिलियन अमेरिकी डलर
  • डेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]