बैशाख २३, २०८२ मंगलबार

कोपा अमेरिका : पहिलो खेलमै अर्जेन्टिना पराजित

एजेन्सी । उपाधिको प्रवल दावेदार ठानिएको अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको पहिलो खेलमै कोलम्बियासँग पराजित भएको छ ।


ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–० गोलले हरायो । कोलम्बियाको जितमा जितमा रोजर मार्टिनेज र डुभान जापटाले गोल गरे ।


पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा कोलम्बिया हावी भएको थियो । ७१औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाए । ८६औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियाको जित सुनिश्चित बनाएका थिए । बल नियन्त्रणमा पकट जमाएको कप्तान लियोन मेस्सी प्रेरित अर्जेन्टिनाले गोल गर्न भने सकेन । अर्जेन्टिनाले केही राम्रो अवसर खेर फालेको थियो । पहिलो जितसँगै समूह ‘बी’ मा तीन अंक बनाएको कोलम्बिया क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।


यसैगरी समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा भेनेजुएला र पेरुले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । ७५औं मिनेटमा लुइस डेलपिनोले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि भेनेजुएला १० खेलाडीमा समेटिएको थियो । तरपनि पेरुले गोल गर्न सकेन । बराबरबीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् ।

प्रकाशित मिति : असार १, २०७६ आईतबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]