बैशाख १४, २०८१ शुक्रबार

शिवसताक्षीको सक्रियाता : सुत्केरीलाई घ्यू देखि गाउँघरमा सेनिटाइजसम्म

झिलझिले । समुदायमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको झापाको शिवगञ्ज बजारमा ‘सेनिटाइज’ गरिएको छ । होम आईसोलेसनमा रहेका संक्रमितको घर सेनिटाइज गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितको घर र उनिहरुका छिमेकीको घर पनि सेनिटाइज गरिएको हो । वडा नम्बर ६ का ४ घरका ११ जना कोरोना संक्रमण भएपछि भदौ १७ गते देखि वडाले बजार क्षेत्र सिल गरेको थियो ।

बुधबार संक्रमितको कन्ट्याक ट्रेसिङमा रहेकाको रिपोर्ट नेगेटिभ आएपछि भने शिवगञ्ज बजारको जनजीवन सामान्य बनेको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएको खवर शिवगञ्ज बजारमा एकै छिनमा सनसनी भएको थियो । स्थानीयले भने, ‘हिपहिप हुर्रे, कोरोना रिपोर्ट नेगेटिभ ।’
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले कोरोना संक्रमित क्षेत्रका स्थानीयसंग भेट गरेपछि तत्काल बजारका केहि घर सेनिटाईज गरिएको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का सदस्य लक्ष्मी गुरागाईले बताए । ‘मेयर साहेब विहान आउनु भयो । दिउसो सेनिटाइज भएको हो,’ उनले भने । नगर प्रमुख चन्द्रकुमार शेर्माले संक्रमित संगपनि भेटघाट गरेका थिए । नगर प्रमुख शेर्माले उनिहरुलाई नआत्तिन आग्रह गरेका थिए ।

दुःखीलाई राहत
नगर प्रमुख शेर्माले शिवगञ्ज बजार क्षेत्रका संक्रमित र अति विपन्न बर्गका स्थानीय संग भेट गरेपछि दिउसो शिवसताक्षी नगरपालिकाले राहत वितरण गरेको छ ।
शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, प्रवक्ता नविन ईजम, क्वारेिन्टन व्यवस्थापन समितिका अध्यक्ष भैरवकुमार श्रेष्ठ, नगर सदस्य राम नरेश शर्मा,वडा नम्बर ६ का वडा सदस्य लक्ष्मी गुरागार्इं, इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोली, दुधे आयुर्वेद औषधालयका प्रमुख शिवसताक्षी उध्योग वाणीज्य संघका अध्यक्ष भोला मैनाली र नगरका स्वास्थ्य साखाका कर्मचारी संजय ठकुरी नेतृत्वका टोली, नेकपाका स्थानीय नेता सिताराम भेटवालले विपन्नलाई राहत दिएका थिए ।
बिस किलोग्राम चामल, १ किलोग्राम नुन, १ किलोग्राम दाल, १ लिटर खानेतेल र हातधुने साबुन राहत प्रदान गरेका हुन् ।

संक्रमित सुत्केरीलाई घ्यू
शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपालले कोरोना संक्रमित एक सुत्केरी महिलालाई घ्यू र हर्लिक्स प्रदान गरेकी छन् । वडा नम्बर ५ स्थीत संक्रमित महिलाको घरैमा पुगेर उपप्रमुख नेपाल लगायत क्वारेन्टिन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठले संक्रमित सुत्केरीलाई भेटेर सुत्केरी पोषणयुक्त सामग्री प्रदान गरेका हुन् ।

उनिहरुले संक्रमित महिलालाई बेचैन नहुन र आत्मबल दरो बनाउन सुझाए । सुत्केरी महिलाका अनुसार कोरोनाको कुनै लक्षण नभएकोले रिपोर्टमा संङका लागेको उपप्रमुख नेपाललाई प्रतिकृया दिईन । सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

स्वास्थ्य सामग्री वितरण
कोरोना संक्रमित र उनका एकाघर परिवारका सदस्यलाई नगरको स्वास्थ्य शाखाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । दुधे स्थीत आयुर्वेद औषधालयका प्रमुख राजेन्द्र पोख्रेल र शिवसताक्षी नगरको स्वास्थ्य शाखाले स्वास्थ्य सामग्री प्रदान गरेको हो । स्वास्थ्य शाखाका कर्मचारी संजय ठकुरीका अनुसार संक्रमित र उनका परिवारलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने अश्वगन्धा पाउडर, माईरोजील सिरफ, माक्स, सेनिटाइजर, बुर्जो र ग्लोब्स बितरण गरिएको हो ।

प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार  १२ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]