बैशाख १३, २०८१ बिहीबार

आधिकारिक ट्रेड युनियनको दोस्रो निर्वाचन असोज २४ गते

भद्रपुर । नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको दोस्रो निर्वाचन यही असोज २४ गते हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यलय रहेको जिल्ला सरकारी वकिलको कार्यालयले आज निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम अनुसार असोज ९ गते नामावली प्रकाशन, ११ गते प्रकाशित नामावली उपर दाबी बिरोध, १३ गते अन्तिम नामावली प्रकाशन लगायत रहेको सहायक निर्वाचन अधिकृत मदन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार असोज १४ गते उमेदवारको नामावली प्रकाशन, १५ गते उमेदवारले नामावली फिर्ता लिने र दावी विरोध गर्ने, १६ गते अन्तिम नामावली प्रकाशन र २४ गते निर्वाचन हुने छ । अन्य काम विहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुने न्यौपानेले बताउनु भयो । उमेदवारी १० बजेदेखि ५ बजेसम्म र मतदान बिहान ९ बजेदेखि ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनपछि मतपेटिका संकलन र गणना हुने सहायक निर्वाचन अधिकृत न्यौपानेले बताउनु भयो ।

आज निर्वाचन ढाँचा प्रकाशनसम्बन्धी छलफल कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार पोखरेल, नेपाल निजामती कर्मचारी यूनियन (संघ)का उपाध्यक्ष कवि कोइराला,नेराकसंका झापा अध्यक्ष यदुनन्दन दाहाललगायतको उपस्थितिमा भएको थियो । जिल्ला न्यायाधिवक्ता पदमप्रसाद वस्तीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा प्रमुखजिल्ला अधिकारी तिम्सिना र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मी गुरागाईले निर्वाचनलाई स्वच्छ निष्पक्ष र स्वतन्त्र बनाउन प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यो निर्वाचन संगठनलाई मतदान गर्ने विधिको हुनेछ । यो निर्वाचनमा राजपत्र अनंकित कर्मचारीले मात्र भाग लिने व्यवस्था गरिएको निर्वाचन अधिकृत वस्तीले बताउनुभयो । स्थानीय निकायबाट पदस्थापन गरिएका स्थानीय तहका कर्मचारीहरु र स्वास्थ्य क्षेत्रका कर्मचारीले भाग लिन नपाउने व्यवस्था रहेको पनि निर्वाचन कार्यालयले जनाएको छ ।
आजै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले निर्वाचन कार्यालयको साइनबोर्ड पढेर उद्घाटन गर्नु भएको थियो ।

प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]