चैत्र १६, २०८० शुक्रबार

बार्सिलोनामा मेसीको २ दशक

 १७ सेप्टेम्बर २०० मा लिओनल मेसी बार्सिलोना आइपुगेका थिए ।उनी आफ्नो बुवासँगै पहिलो पटक बार्सिलोना पुग्दा युवा अर्जेन्टाइनको सपना बार्सिलोनासंग सम्झौता गर्नु थियो ।यो सजिलो प्रकिया थिएन तर अन्त्यमा दुई पक्ष सहमतिमा पुगे र मेसी क्लबको जुनियर टिममा भर्ना भए त्यहाँबाट उनी विश्वकै उत्कृष्ट फुटबल खेलाडी बने । यो २० वर्षमा उनले बार्सिलोनाबाट सबैजसो उपाधि जिते । टिमको रुपमा र व्यक्तिगत रुपमा पनि ।

रोसारियोबाट त्यो दिन उडेपछि मेसीले आफ्नो सपना पूरा गरेका छन् र ठूला च्याम्पियनसमेत बनेका छन् ।मेसीले सन् २००४ मा १७ वर्षको उमेरमा फ्रान्स रिजकार्डको अन्डरमा डेब्यु गरे । अर्को वर्ष उनले अल्बासेटेविरुद्ध पहिलो गोल गरे ।

त्यसपछि मेसीलाई अगाडि बढ्न कुनै समय लागेन । सन् २००७ मा उनले म्याराडोना शैलीमा गोल गरे । त्यसपछि मेसीले ट्रफी जित्न थाले । पेप गार्डिओलाले सन् २००८ मा क्याम्प नोउ क्लब सम्हालेपछि मेसीले ट्रफी जित्न थालेका हुन् । सन् २००९ मा बार्सिलोनाले ६ ट्रफी जित्यो । मेसीले आफ्नो पहिलो बालोन डे ओर अवार्ड जिते ।रियल मड्रिडविरुद्ध उसैको मैदान स्टाडियो सान्टियागो बर्नाबेउमा ६-२ को शानदार जित हात पार्दा मेसीले फल्स ९ को रुपमा खेले । त्यसपछि पनि मेसीको करियर उकालो लागिरह्यो ।उनले २०११ र २०१५ मा दुई च्याम्पियन्स लिग ट्रफी जिते । ला लिगामा समेत बार्सिलोनाले राज गर्‍यो । २०१५ देखि २०१९ सम्म ६ सिजनमा बार्सिलोनाले ५ पटक ला लिगा जित्यो ।

तर समयसंगै क्लबसंग मेसीको सम्बन्ध चिसियो र मेसी क्लब छाड्ने मनस्थितिमै पुगिसकेका थिए । तर अन्तिम समयमा मेसीले क्लबमै बस्ने निर्णय गर्दै आफ्ना समर्थकलाई खुशी बनाएका छन् । मेसीको सम्झौता २०२१ सम्म रहेको छ ।३३ वर्षीय मेसी बार्सिलोना र ला लिगा सर्वाधिक गोलकर्तासमेत हुन् ।मेसीले ला लिगामा ४४४ गोल गरेका छन् । यस्तै उनले बार्सिलोनाका लागि ७३१ खेलमा ६३४ गोल गरेका छन् । यस्तै च्याम्पियन्स लिगमा ११५ गोल गरेका छन् ।

मेसीले क्लब र देशका लागि कूल ८६९ खेलमा ७०४ गोल गरेका छन् ।मेसीले बार्सिलोनाबाट खेल्दै १० पटक ला लिगा ६ पटक कोपा डेल रे ४ पटक च्याम्पियन्स लिग ७ पटक स्पेनिस सुपर कप ३ पटक युईएफए सुपर कप र ३ पटक क्लब वर्ल्डकपको उपाधि जितेका छन् ।

मेसीले ६ पटक बालोन डे ओ र ६ पटक युरोपियन गोल्डेन बुटको उपाधिसमेत जितेका छन् ।

बार्सिलोनाका लागि मेसीले गरेको गोल

ला लिगा : ४४४

च्याम्पियन्स लिग : ११५

कोपा डेल रे : ५३

स्पानिस सुपर कप : १४

क्लब विश्व कप : ५

युरोपियन सुपर कप : ३

प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार  १० : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]