बैशाख ८, २०८१ शनिबार

भद्रपरको वडा कार्यालयमा आगलागी हुँदा ट्याक्टरमा क्षति

बिर्तामोड । भद्रपुर नगरपालिका वडा नं. १० मा आज आगलागी हुँदा ट्याक्टरमा क्षति पुगेको छ । ट्याक्टरबाटै आगलागी भएको वडा कार्यालयले जनाएको छ ।

आगलागी भएको केहि बेरमै नगरपालिकाको दमकल घटनास्थल आइपुगेको थियो । दमकलको सहायताले करिव २० मिनेटमा आगो नियन्त्रण लिइएको थियो । स्थानीय पत्रकार पंकज शर्माका अनुसार ट्याक्टरको अगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ । सो ट्याक्टर फोहोर संकलन गर्न प्रयोग गरिदै आएको थियो ।
आगलागी पछि वडाको सेवा प्रवाह प्रभावित भएको छ । वडाअध्यक्ष काजी खड्काले अवस्था सामान्य बनाएर सेवा सुचारु गरिने छ ।

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  १ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]