बैशाख ८, २०८१ शनिबार

आइपिएल आजदेखि शुरु, पहिलो खेलमै मुम्बई र चेन्नईबीच भिडन्त

बिर्तामोड । यस बर्षको इण्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि हुदै छ । कोरोना माहामारीका कारण यस बर्ष युएईमा हुन लागेको आइपिएल कडा स्वास्थ्य प्रोटोकलका बीच हुदै छ । विश्वभरकै क्रिकेट फ्यानहरुका लागि टी-२० क्रिकेटको विश्वकै लोकप्रिय यो प्रतियोगिताको प्रतिक्षा सकिएको छ ।

आज हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि शुरु हुदै छ ।

आइपिएलको इतिहासमा सबै भन्दा बढी फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो खेल रोचक नै हुने अनुमान गर्न सकिन्छ । यस खेललाई महेन्द्र सिंह धोनी भर्सेज रोहित शर्माको रुपमा पनि लिइएको छ । 

चेन्नई र मुम्बईबीचका अहिलेसम्मका खेलको विश्लेषण गर्दा दुवै बिचमा अहिलेसम्म २८ खेल भएको छ जसमा मुम्बईले १७ खेल जितेको छ भने चेन्नईले ११ खेल जितेको छ ।  

अन्तर्राष्ट्रिय क्रिकेटलाई अलबिदा गरेका चेन्नईका कप्तान महेन्द्र सिंह धोनी अहिलेपनि चेन्नईका प्रमुख हतियार हुन् । यस सिजनको पूर्व सन्ध्यामा आफ्ना महत्वपूर्ण दुई खेलाडी सुरेश रैना र हरभजन सिंहले नखेल्ने निर्णय गरेसँगै चेन्नई ब्याकफुटमा रहेको छ । यद्यपी हरभजन र रैनाको अनुपस्थितिमा पनि चेन्नई उपाधिको प्रमुख दाबेदार मध्येको एक टिम हो ।

त्यस्तै मुम्बई पनि आइपिएलमा सबैभन्दा सफल टिम हो । मुम्बईले अहिलेसम्म खेलेका ५ फाइनल मध्ये चार पटक उपाधि जितेर सबैभन्दा बढी उपाधि जितेको छ । 

चेन्नई आइपिएलमा सबैभन्दा सफल टिम मध्ये एक हो । तीन पटक उपाधि जितेको चेन्नईले खेलेका १० सिजनमा ८ पटक फाइनलमा पुगेको छ ।

धोनीको चतुर कप्तानीका कारण चेन्नई आइपिएलमा सफल हुदै आएको छ । साथै धेरै जसो अनुभवी खेलाडीले भरिएको चेन्नईलाई ‘पिताहरुको टिम’ समेत भन्ने गरिन्छ ।

यस सिजन चेन्नईका लागि धोनी सहित शेन वाटसन, अम्बाती रायडु, केदार जादभले शिर्ष क्रमको ब्याटिंग सम्हाल्नु पर्ने छ । चेन्नईको ओपनिंग वाटसन र रायडुले गर्ने छन् भने ओपनरका लागि मुरली विजयी पनि उपलब्ध रहने छन् ।

त्यस्तै रैनाको अनुपस्थितिमा टिमको तेस्रो स्थानमा दक्षिण अफ्रिकी खेलाडी फाफ डुप्लेसी आउने सम्भावना रहेको छ । त्यस्तै धोनी चौथो नम्बरमा र केदार जादभ पाँचौ नम्बरमा आउने सम्भावना रहेको छ ।

त्यस्तै वेस्टइन्डिजका अनुभवी अलराउन्डर ड्वाने ब्राभो छैठौ स्थानमा र रविन्द्र जडेजा सातौ नम्बरमा आउने छन् ।

त्यस्तै चेन्नईको बलिङको जिम्मा भने दिपक चहर, सर्दुल ठाकुर लुंगी एनगिडी, जोस हजेलवूड, मिचेल सान्टनर, पियुष चावला र इमरान ताहिरले सम्हाल्ने छन् ।

चेन्नईको कमजोरी भनेको अहिलेसम्म कै आइपिएलका उत्कृष्ट खेलाडी मध्येका दुई खेलाडी रैना र हरभजनको अनुपस्थिति नै रहेको छ । उनीहरु हरेक खेलमा विपक्षी टिमलाई दबाब बनाउन यी दुई खेलाडीको ठुलो भूमिका हुने गर्दथ्यो । त्यसैले धोनीलाई यस सिजनमा दुई खेलाडीको अभाव अवश्य खट्किने छ । 

त्यस्तै धोनी स्वयं पनि एक बर्ष भन्दा बढी समयदेखि क्रिकेटबाट बाहिर छन् । यसले उनलाई लयमा आउन कति समय लाग्छ भन्ने प्रश्न पनि आम रुपमा रहेको छ । साथै चेन्नईमा नियमित क्रिकेट खेल्ने खेलाडीको संख्या निकै कम छ, जुन चेन्नईको कमजोरीको रुपमा लिन सकिन्छ ।

त्यस्तै मुम्बईको कुरा गर्दा कप्तान रोहितले अन्तर्राष्ट्रिय क्रिकेटमा गरिरहेको प्रदर्शनले उनलाई विश्वका उत्कृष्ट ब्याट्सम्यानको सुचिमा राखिएको छ । उनी कुनै पनि टिमविरुद्ध खतरनाक साबित हुसक्छन् । मुम्बईमा सूर्यकुमार यादव, क्रिस लीन, हार्दिक पाण्डेय, केरन पोलार्ड जस्ता खेलाडीले ब्याटिंग सम्हाल्ने छन् भने बलिङतर्फ जसप्रीत बुमराह सबैभन्दा ठुला हतियार हुन् ।

आइपिएलकै सफल बलर लाथिस मालिंगा नखेल्ने भएपछि मुम्बईले अस्ट्रेलियन बलर जेम्स पाटिसनले पनि राम्रो प्रदर्शन गर्नसक्ने अपेक्षा गरिएको छ । त्यस्तै मुम्बईमा ट्रेन्ट बोल्ट, नाथन कोल्टर निल, धवल कुलकर्नी, मिचेल म्याकलेनाघम जस्ता बलरको विकल्प रहेको छ ।त्यस्तै स्पिन बलिङमा भने राहुल चहर रहेका छन् । त्यस्तै अलराउन्डरको रुपमा क्रुनाल पाण्डेयको समेत ठुलो भूमिका हुने देखिन्छ ।

मुम्बई इण्डियन्स : रोहित शर्मा (कप्तान), सूर्यकुमार यादव, अनमोलप्रित सिंह, शेर्फान रुदरफोर्ड, क्रिस लीन, सौरभ तिवारी, केरन पोलार्ड, हार्दिक पाण्डेय, क्रुनाल पाण्डेय, दिग्विजय देशमुख, बलवन्त राज सिंह, इशान किसन, आदित्य तारे, क्वेंटन डिकक, राहुल चहर, अनुकुल रोय, जयन्त यादव, ट्रेन्ट बोल्ट, नाथन कोल्टर निल, धवल कुलकर्नी, मिचेल म्याकलेनाघम, जसप्रित बुमराह, मोहसिन खान ।

चेन्नईको टीम : महेन्द्रसिंह धोनी (कप्तान), मुरली विजयी, अम्बाती रायडु, फाफ डुप्लेसी, शेन वाटसन, केदार जादभ, डावेन ब्राभो, रविन्द्र जडेजा, लुंगी एन्गीडी, दीपक चहर, पियुष चावला, इमरान ताहिर, मिचेल सान्टनर, जोस हजेलवूड, शार्दुल ठाकुर, साम करन, एन जगदिशन, केएम आसिफ, मोनू कुमार, आरसाइ किशोर, ऋतुराज गायकवाड, कर्ण शर्मा । 

प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार  ६ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]