बार्सिलोनालाई जोआन गाम्पर ट्रफी
एजेन्सी । बार्सिलोनाले जोआन गाम्पर ट्रफीको उपाधि जितेको छ ।शनिबार राति भएको खेलमा एल्चेलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले जोआन गाम्पर ट्रफी जितेको हो ।

क्याम्पनाउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एन्टोनियो ग्रिजम्यानले निर्णायक गोल गरे ।उनले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए ।
यससँगै बार्सिलोनाले आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ ।बार्सिलोनाले नयाँ सिजन अघिको तयारी स्वरूप जोआन गाम्पर ट्रफीको आयोजना गर्ने गर्छ ।बार्सिलोनाले यस ट्रफीसँगै नयाँ सिजनको तयारी समेत पुरा गरेको छ ।ला लिगाको नयाँ सिजन सुरु भएपनि बार्सिलोनाले खेलेको छैनन् ।