बैशाख ४, २०८१ मंगलबार

कचनकवलका अध्यक्षलाई प्रश्न सोध्दा पीएबाटै हातपात

भद्रपुर । स्थानीय तहका वेथिती विरुद्ध केहि समयदेखि निरन्तर खवरादी गर्दै आएका कचनकवलका सचेत युवा सन्दिप निरौलामाथि हातपात भएको छ । हातपात भएको आरोपमा कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जर आलमका स्वकीय सचिव कचनकवल–७ का विकास घिमिरे विरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरिएको छ ।

विकास घिमिरे

गत आइतवार बजार व्यवस्थापनका सन्दर्भमा आयोजित एक कार्यक्रममा निरौलाले विभिन्न विषयमा जिज्ञासा राखेका थिए । गाउँपालिका अध्यक्षसँग जिज्ञासा राख्दा स्वकीय सचिवले हातपात गरेको उनको आरोप छ । गाउँपालिका अध्यक्ष आलमको स्वकीय सचिव भएकै कारण उनले विभिन्न समयमा धाकधम्की समेत दिदैं आएको निरौलाको भनाई छ ।

बजार व्यवस्थापनको सन्दर्भमा आयोजित कार्यक्रममा सोहि गाउँपालिकामा रहस्यमय मृत्यू भएकी बालिका विष्णुमाया कार्कीको घटना बारे उनले जिज्ञासा राखेका थिए । निरौलाले एउटा बालिकको रहस्यमय मृत्यू बारे पालिकाले न्याय दिन नसकेको कुरा राखेका थिए ।
बजार व्यस्थापनमा पालिकाले गरेको लापरवाही, प्रहरी चौकी पुननिर्माण लगायतका सवाल उठाएका निरौलालाई पालिका अध्यक्षका पीएले प्रश्न किन गरेको भन्दै सोहि दिन साँझ कुटपिट गरेको आरोप लागेको छ ।

गाउँपालिकाको वेथिती विरुद्ध आवाज उठाउदैं आएका निरौलाले आफुमाथि सुरक्षा जोखिम बढेको इजलाससित बताएका छन् । २ महिनादेखि कुट्ने योजना बनाएका रहेछन्, निरौलाले भने – मलाई निगरानीमा राखेका छौं भन्नुको मतलव के हो ? आफुलाई गाउँपालिकाबाटै खतरा रहेको बताए । उनले जस्तोसुकै परिस्थिति भएपनि गाउँपालिकाले आम नागरिकको आँखामा छारो हाल्दै गरेका वेथिती विरुद्ध आवाज उठाउन नछोड्ने जानकारी दिएका छन् ।
यता, आलमका (पीए) घिमिरेले घटना नियोजित नै भएको बताए । उनले सो घटनाले राजनीतिक रुप लिएको बताएका छन् । सामान्य गफगाफ बाहेक केहि नभएको घिमिरेको भनाई छ ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  १० : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]