इन्धनको मुल्य प्रतिलिटर २ रुपैंया घट्यो
झापा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २–२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ ।
हवाइ इन्धन,एटीएफ तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ । यो मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको छ । घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ ।