बैशाख १४, २०८१ शुक्रबार

राजस्थानसँग १६ रनले हार्‍यो चेन्नई

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलवार राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई १६ रनले पराजित गरेको छ।

कोरोना भाइरसका कारण लामो समय अनिश्चित बनेर पनि यूएईमा गएर सम्भव भएको सबैभन्दा ठूलो ट्वान्टी-२० फ्रेन्चाइजमा राजस्थानले सुखद् सुरुआत गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१६ रनको योगफल तयार पारेको थियो। राजस्थानलाई विशाल योगफलतर्फ डोर्‍याउन सञ्जु सेमसन र कप्तान स्टेभन स्मिथले आक्रमक अर्धशतक जोडेका थिए। त्यस्तै ८ बलको सामना गरेका जोफ्रा आर्चरले महत्त्वपूर्ण २७ को योगदान गरेका थिए।

तर, २१७ रनको विशाल विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चेन्नईका लागि पनि सुरुआती ब्याट्सम्यानले आशाको बाटो देखाएका थिए। 

मुरली विजयको २१, शेन वाट्सनको ३३ र फाप डू प्लेस्सिसको अर्धशतकीय ७२ रन प्रेरित चेन्नईले कप्तान महेन्द्रसिंह धोनीको २९ तथा केदार जाधवको २२ रन मद्दतमा निर्धारित २० ओभर सकिँदा २०० रन मात्रै बनाउन सक्यो। फलस्वरुप पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएर दमदार सुरुआत गरेको चेन्नईको यात्रा दोस्रो खेलमै डगमगायो।

यसअघि राजस्थानका लागि ओपनिङमा आएका स्मिथले ४७ बलमा ४ चौका र ४ छक्कासहित ६९ तथा सेमसनले ३२ बलमा १ चौका र ९ छक्कासहित ७४ रनको अर्धशतकीय इनिङ खेलेका थिए।

त्यस्तै अन्तिममा ब्याटिङमा आएका जोफ्रा आर्चरले ८ बलमा २७ रनको इनिङ खेलेसँगै राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१६ रनको योगफल तयार गरेको थियो।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]