जेष्ठ १, २०८२ बुधबार

पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ कृषिमन्त्री भूषालबाट विमोचन

बिर्तामोड । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ समय–कथा जीवन, यात्रा र भोगाइको विमोचन गर्नुभएको छ ।

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच मन्त्री भूषालले सो पुस्तक विमोचन गर्नुभएको हो । पुस्तक विमोचन गर्दै मन्त्री भूषालले हरेक लेखकले समयको भाषा बोल्ने बताउँदै भन्नुभयो, “आजको पिँढीले लेखेको कुराले समयको भाषालाई भोलिको पिंढीलाई बताउँछ ।”

लेखन कार्य एउटा बौद्धिक र समयको भाषा बोल्ने कुरा भएकाले मन्त्री भूषालले लेखक सिग्दलेलाई धन्यवाद समेत दिनुभयो । पत्रकार सिग्देलद्वारा लिखित पुस्तक एक दिन १५२ पृष्ठको रहेको छ भने विभिन्न १४ वटा लेखमार्फत जीवन, यात्रा र भोगाईहरुलाई लेखकले पुस्तकमार्फत् प्रस्तुत गर्नुभएको छ ।

कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री राम राणा, नेकपा प्रदेश १ का इञ्चार्ज देवराज घिमिरे, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुव शिवाकोटी, नेकपा झापा कार्यालय सचिव शिव ढुंगेल, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, उपाध्यक्ष महेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो ।

लेखक सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालले गर्नुभएको थियो ।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  ११ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]