बैशाख २३, २०८२ मंगलबार

इक्वेडरमाथि उरुग्वेको फराकिलो जित

एजेन्सी । कोपा अमेरिका कपमा उरुग्वेले इक्वेडरलाई चार शून्यको भारी अन्तरले हराएको छ ।

सोमबार बिहान भएको खेलमा उरुग्वेले इक्वेडरमाथि फराकिलो जित निकाल्न सफल भयो ।
एक तर्फी जस्तो बनेको खेलको छैटौँ मिनेटमा लोडीरोको गोलमा उरुग्वेले अग्रता बनाएको थियो । त्यसपछि ३३ औं मिनेटमा काभानीले अन्तर दुई शून्यमा र्पुयाए ।

४४ औं मिनेटमा लुइस स्वारेजको गोलमा उरुग्वे पहिलो हाफमा तीन शून्यले अगाडि रह्यो ।
दोस्रो हाफमा भने उरुग्वेले अरु मौका पाए पनि गोल गर्न सकेन ।

७८ औं मिनेटमा इक्वेडरका मिनाले आत्मघाती गोल गरेपछि उरुग्वे चार शून्यले विजयी भयो ।
त्यसअघि भएको खेलमा कतारले पाराग्वेलाई दुई दुई गोलको बराबरीमा रोक्न सफल भयो ।

प्रकाशित मिति : असार २, २०७६ सोमबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]