बैशाख ३१, २०८१ सोमबार

भारतसँग पाकिस्तान ८९ रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ । पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गर्दै भारतले तेस्रो जित निकालेको हो ।


आईसीसी विश्वकपको हाई भोल्टेज गेममा भारत र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको थियो । ४६.४ ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएका बेला पानी परेपछि आधा घण्टासम्म स्थगित भएको खेल पुनः सुरु भएको थियो ।


वर्षा हुँदा ७१ रन बनाएर क्रिजमा रहेका कप्तान विराट कोहली खेल सुरु भएपछि व्यक्तिगत खातामा ६ रन थप्दै ७७ रन बनाएर आउट भए । कोहली आउट हुँदा भारतको स्कोर ५ विकेटको नोक्सानीमा ३१४ रन रहेको थियो ।


म्यानचेस्टरको वल्ड ट्राफोर्डमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले उत्कृष्ट सुरुवाआत र्गयो । भारतका रोहित शर्माले शतक बनाउँदा अर्का ओपनर केएल राहुल र कप्तान विराट कोहलीले अर्धशतक बनाए ।


भारतीय नियमित ओपनर शिखर धवन अस्ट्रेलियाविरुद्धको खेलमा घाइते भएपछि उनको ठाउँमा राहुलले ओपनिङ गरेका थिए । रोहितलाई गतिलो साथ दिएका राहुलले अर्धशतक बनाउँदै आउट हुँदा भारतले १३६ रन बनाएको थियो । ७८ बल खेल्दै ५७ रन बनाएका राहुल वहाव रजिबको बलमा बाबर आजमको हातबाट क्याच आउट भए । राहुलले आफ्नो इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे ।


राहुल आउट भएपछि मैदान आएका कप्तान बिराट कोहली र रोहित मिलेर भारतको स्कोर २३४ रन पुर्याएका थिए । ९८ रनको साझेदारी गरेपछि भारतको स्कोर कार्ड ठूलो बनेको थियो । जसमा रोहित १४० रन बनाएर आउट भए । आक्रामक पारि खेलेका रोहितले ११३ बलमा १४ चौका र ३ छक्काको मद्दतले १४० रन जोडेका हुन् ।


उनले शतक भने ८५ बलमा पूरा गरेका थिए । शतक बनाउँदा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । बाँकी ४० रन बनाउँदा छक्का प्रहार गर्न नसेके पनि ५ चौका भने थप्न सफल भए ।
केएल राहुलले ओपनिङ आएपछि चौथो नम्बरमा अल राउण्डर हार्दिक पाण्ड्याले २६ रनको योगदान गरे । उनले आफ्नो इनिङ्समा २ चौका र १ छक्का प्रहार गरे ।


पाण्ड्या आउट भएपछि विकेट किपर व्याट्सम्यान महेन्द्रसिंह धोनी क्रिजमा आएका थिए । तर धोनी क्रिजमा भने टिक्न सकेनन् । उनी जम्मा १ रन बनाएर आउट भए । पाँचौं विकेटको रुपमा कोहली ७७ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा रहेका विजय शंकर र केदार जाधवले स्कोर कार्ड ३३६ सम्म र्पुयाए । विजय शंकर १५ रनमा नट आउट रहँदा केदार जाधव ९ रनमा नट आउट रहे ।


पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट लिँदा हसन अलि र वहाव रियाजले एक एक विकेट लिए । ३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको थियो ।


वर्षाले प्रभावित गरेपछि खेल ४० ओभरमा झारिएको थियो र डीएल पद्दतिको आधारमा पाकिस्तानले ३ सय २ रनको नयाँ लक्ष्य पाएको थियो ।
भारतले दिएको नयाँ लक्ष्यसहित ब्याटिङ गरेको पाकिस्तानले पुरै ४० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो । वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।


पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए । शादव खान २० रनमा अविजित रहे ।
भारतका विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले २÷२ विकेट लिए ।

प्रकाशित मिति : असार २, २०७६ सोमबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]