बैशाख ८, २०८१ शनिबार

झापाका युवा धरानको होटलमा मृत फेला, ३ युवती नियन्त्रण

काठमाडौँ । धरान उपमहानगरपालिका–१८ स्थित सोलुखुम्बु होटलमा झुण्डिएको अवस्थामा एक युवा मृत फेला परेका छन् । झापाको माइधारा घर भइ धरानको बरगाछी ग्रिलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नाल मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार दर्नाल खाटमा अ‍ोछ्याएको तन्नाको पासो लगाएर पङ्खा झुण्डाउने रडमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

दर्नालसँगै होटलमा सँगै बसेका ३ युवतीलाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । होटलमा युवतीसँग बसेको खुलेकाले ३ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको डीएसपी बस्नेतले बताए ।

दर्नालको शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । रिपोर्ट भने आइनसकेको प्रहरीले जनाएको छ । यद्यपी दर्नालको परिवारले शव जिम्मा लिएर दाहसंस्कार समेत गरेका छन् ।

दर्नालले एक महिनाअघि सीता श्रेष्ठसँग विवाह गरेको झापामा परिवारलाई जानकारी गराएका थिए । सोही दिन सीता पनि अन्य दुई केटीसँग होटलको छुट्टै कोठामा बसेकी थिइन् । सीताले दर्नालसँग विवाह नगरेको प्रहरी समक्ष दावी गरेकी छन् । सीतासँगै अन्य दुई केटीलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]