बैशाख ३०, २०८१ आईतबार

नेकपा भद्रपुरमा एक सय ८६ जना प्रवेश

भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा एक नम्बर प्रदेश कमिटीका संयोजक देवराज घिमिरेले नेकपा नेतृत्वको तीनै तहको सरकार विकासको लामो अभियानमा रहेको बताउनु भएको छ ।

नेकपा भद्रपुर वडा नम्बर ४ को वडा कमिटीद्वारा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रदेश संयोजक घिमिरेले समाज विकासको अभियानको कही नतीजा आइरहेको छ भने केही आउने क्रममा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले शान्त पोखरीमा ढुङ्गा हानेर पानी चलाएझैं पार्टी प्रवेशको हौवा चलाएकबो हुँदा नेकपा पनि चुपलागेर बसेको छैन भन्ने सन्देश दिएर १८६ जनालाई नेकपामा प्रवेश गराएको बताउनुभयो ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य हरि राजवंशी, प्रदेशसभाका माननीय सदस्य बसन्त वानियाँ, झलकसिंह दर्लामी, झापा अध्यक्ष चिन्तन पाठक, प्रदेश कमिटीका सदस्य डिल्ली घिमिरे हिक्मत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा, नेसपालगायतबाट १ सय ८६ जना नेकपामा प्रवेश गरेको नगर इन्चार्ज अशारु राजवंशीले जानकारी दिनुभयो । वडाकमिटीका अध्यक्ष दिपककुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वडा अध्यक्ष हंशधर राजवंशी र सञ्चालन धनबहादुर प्रधानले गर्नुै भएको थियो ।

प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]