बैशाख ११, २०८१ मंगलबार

जिल्ला कारागारमा संक्रमण फैलन नदिन झापा बारको आग्रह

झिलझिले । नेपाल बार एशोसिएशन र मानवअधिकार तथा जनसरोकार समितिले झापा कारागारमा रहेका कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको घटनामा सरकार जिम्मेवार हुनुपर्ने बताएको छ ।

केहि दिनअघि मात्र जिल्ला कारागारमा १७ जनाको स्वाव संकलन गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएपछि एशोसिएशन र मानव अधिकार तथा जन सरोकार समितिले गम्भीर चासो राख्दै आईतबार एक विज्ञप्ति प्रकाशित गरेर सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । झापा कारागारका १० जना कैदीबन्दी र २ जना प्रशासनका कर्मचारीलाई कोरोना पुष्टि भएको थियो ।
नेपाल बार एशोसिएशन झापा ईकाइका सचिव भिम बराल र मानवअधिकार तथा जन सरोकार समितिकी संयोजक यज्ञलक्ष्मी चौलागाईद्धारा हस्ताक्षरित विज्ञप्तिमा झापा वार संवैधानिक सर्वोच्चता, विधीको शासन, मानवअधिकार एवं प्रेस स्वतन्त्रताको पक्षमा क्रियाशील रही आएको स्मरण गराएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड –१९ को प्रभाव अत्याधिक रुपमा नेपालमा बढिरहेको वर्तमान परिप्रेक्ष्यमा झापा कारागारका १० जना कैदीबन्दीमा कोरोना संक्रमित पुष्टि भएपछि बार इकाइ र मानवअधिकार तथा जनसरोकार समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य सम्बन्धी हक समेत सुनिश्चित गर्नु राज्यको आधारभूत दायित्व भएकोले कारागारमा संक्रमण पुष्टि भएका कैदी बन्दीहरुको स्वास्थ्य उपचारको समुचित व्यवस्था मिलाउन विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गरिएको छ । संक्रमितलाई आवश्यकता अनुसार क्वारेन्टिन, आइसोलेशन तथा अन्य सुरक्षात्मक उपायहरूको व्यवस्थापन गर्न पनि सरकारसंँग माग गरिएको छ ।

कैदीबन्दीहरुको बाच्न पाउने नैसर्गिक हक समेतको सम्मान गर्दै जिल्ला कारागार झापामा थप संक्रमण फैलन नदिन तत्काल आवश्यक तथा प्रभावकारी व्यवस्था मिलाउन विज्ञप्ति मार्फत कारागार प्रशासनसँग झापा बारले माग गरेको छ । झापा कारागारका संक्रमितलाई मेची प्रादेशिक अस्पताल भद्रपुरको आईशोलेसनमा राखिएको छ । उनिहरुको त्यहि उपचार भईरहेको नेपाल वार एशोसिएशन झापा ईकाईका सचिव बरालले बताए ।

प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]