जेष्ठ २, २०८२ बिहीबार

परीक्षाअघि विद्यार्थीको पीसीआर नगराउन आग्रह

काठमाडौं । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले सबै निजी मेडिकल कलेजले पिसिआर गरी विद्यार्थीलाई परिक्षामा सहभागी गराउने गरेको निणर्य अवैज्ञानिक भएको भन्दै उक्त निर्णय कार्यान्वय नगर्न निर्देशन दिएको छ ।

लक्षण नदेखिएका कुनै पनि विद्यार्थीलाई पिसिआर परीक्षण गर्नु वैज्ञानिक नभएको भन्दै पिसिआर गरेर मात्र जाँचमा बस्ने निणर्य कार्यान्वयन नगर्न नगराउन मन्त्रालयले निजी मेडिकललाई निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न पेसा, व्यवसायमा संलग्न कोही पनि व्यक्ति, फ्रन्ट लाइनमा काम गर्ने व्यक्तिमा लक्षण देखिएका, कन्ट्याक्ट टे्रसिङमा परेका र आइसियुमा भर्ना भएका व्यक्तिहरुको मात्र पिसिआर गर्नुपर्ने दायरा सरकारले निर्धारित गरेको र त्यसबाहेकका व्यक्तिको जााँच गराउनु पूणर्तः अवैधानिक मानिएको बताए ।

सरकारले निर्धारण गरेको दायराभन्दा बाहेकका व्यक्तिको परीक्षण गर्नु सररकारले कोभिड–१९ को नियन्त्रणमा गरिरहेको कामलाई हानी गर्ने प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]