जेष्ठ ३, २०८१ बिहीबार

आत्महत्या विरुद्ध अभियान चाहियो

गएको चार महिना फागुन, चैत, बैशाख र जेठमा झापा जिल्लाभित्र अचाक्कली आत्महत्याको घटना भयो । दैनिक एकजनाले आत्महत्या गरेको तथ्याङक सार्वजनिक भइसकेको छ । चार महिनामा जिल्लाको १५ स्थानीय तहमा १ सय ८ जनाले आत्महत्या गर्नु संवेदनशील विषय हो । झापा जस्तो सचेत जिल्लामा समेत यो दरमा आत्महत्याको घटना हुनु राम्रो पक्ष होइन । यहाँको समाजको चरित्र दैनिक रुपमा विग्रदै गएको छ भन्ने सन्देश आत्महत्याको घटनाले प्रस्तुत गरेको छ । अब, घटना भयो भन्दै चिन्ता व्यक्त गरेर मात्रै बस्ने परिस्थिति छैन । यसलाई नियन्त्रण गर्ने उपाय अपनाउन जरुरी छ ।


नयाँ पुस्ता अलि महत्वकांक्षी भएको छ । आर्थिक उप्तादनको स्रोत कमजोर भए पनि पुरा गर्नुपर्ने इच्छाआकांक्षा अपार छन् । यसले कम स्रोत, धेरै महत्वकांक्षा भएको पुष्टि गर्छ । आत्महत्याको कारण महत्कांक्षी हो । वैदेशिक रोजगारीले परिवारमा ल्याएको विचलन अर्को कारण छ । आर्थिक स्रोत मजवुद बनाउने अभिलाषाले धेरै परिवारमा खटपट सिर्जना गरेको छ । यस्तै, खटपटका कारण परिवारमा द्धन्द्ध हुने र आत्महत्यासम्म पु¥याउने परिस्थिति बन्दै छ ।


मानवीय आकांक्षा एउटा विषय हो । अर्कातिर साइवर अपराध र अनैतिक सम्बन्धले पनि घटनाको दर बढाएको पाइन्छ । इन्टरनेटको बढ्दो प्रयोग र परिवारसँगको विचलनले घुलमिलकबो वातावरण छैन । यो वातावरण सिर्जन ागर्न अब, सबै परिवार सचेत हुनुपर्छ । बढ्दो दुव्र्यसनी , अभिभावकको व्यस्तताले अपराधिक मनोविज्ञान हुर्काइरहेको छ । यसको निराकरण गर्न हरेक परिवारमा नैतिक र व्यक्तिगत अनुशासन अपरिहार्य छ ।

यसैले जिल्लामा भएको आत्महत्याको बृद्धिदर घटाउन स्थानीय सरकारले विशेष अभियान सञ्चालन गर्न जरुरी छ । सरोकारवाला र स्थानीय तहविच समन्वय गरेर आत्महत्या विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने हो भने नियन्त्रण गर्न सकिन्छ ।

प्रकाशित मिति : असार ३, २०७६ मंगलबार  १ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]