बैशाख १४, २०८१ शुक्रबार

कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोत कार्यालय झापाको सेवा बन्द

बिर्तामोड । भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरका कर्मचारीमा कोरोना पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि एक सूचना जारी गर्दै कार्यालयले मुद्धा तथा प्रशासनबाट प्रवाह हुने सेवा बन्द जनाएको छ ।

संक्रमण जोखिमलाई ख्याल गर्दै मालपोत कार्यलयले अर्को सूचना नभएसम्मका लागि सेवा बन्द हुने जनाएको छ । भद्रपुरमा आज थप दुई जनामा कोरोना सक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिक स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भर्टराइले दिएको जानकारी अनुसार एक जना भद्रपुर १० र अर्का वडा न ५ का युवक रहेका छन् ।

जस मध्ये एक मालपोल कार्यालय झापामा कार्यरत कर्मचारी हुन् । जम्मा ८० जनाको स्वाव संकलन गरी पठाएकोमा २ जनाको पोजेटीभ र अन्य सवैको रिपोट नेगेभिट आएको भटराइले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]