चैत्र १५, २०८० बिहीबार

बोलेरोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलवार साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।  दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको  जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई  बिर्तामोडको बिएन्डसी हस्पिटलमा लगिएकामा उपचारका क्रममा साँझनिधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ । शव अहिले अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]