बैशाख ८, २०८१ शनिबार

बिर्तामोडमा फर्मालिन रसायनयुक्त माछाको विक्रि रोक्न माग

बिर्तामोड । विषादी मुक्त नगरपालिका घोषणा गरिएको बिर्तामोडमा भारतबाट आयात गरिएका माछाको विक्रि वितरण बन्द गरिदिन माग गरिएको छ । बिर्तामोड क्षेत्रका अगुवा एवम माछा व्यवसायीले विना परीक्षण भित्राइएको माछाको पुर्ण रुपमा विक्रि वितरण रोक्न माग गरेका छन् ।

कोरोना महामारीको कारण विना परीक्षण भारतबाट आयात हुने माछाले जनस्वास्थ्यमा गम्भीर असर प¥याएको ठहर गर्दै बिर्तामोडबासीले मेयर ध्र्रव कुमार शिवाकोटी र उपमेयर पवित्रा महतरालाई मागकर्ताहरुको तर्फबाट युवराज पाण्डेले ज्ञापन पत्र बुझाउँदै विषादीयुक्त माछाको विक्री वितरण रोक्न माग गरेका छन् ।

माग पत्र हस्तान्तरण गर्दै उनीहरुले बिर्तामोडलाई विषादीमुक्त नगर कार्यक्रम कार्यान्वयन गर्न आग्रह समेत गरेका छन् । भारतबाट आयात गरिने फर्मालिन रसायन प्रयोग भएका सडिएका माछाले स्वास्थ्यमा गम्भीर असर पु¥याएको भन्दै तत्काल बन्द गर्न आगह गरे । सँगै उनीहरुले नगरक्षेत्र आसपासमा अर्गानिक माछा उत्पादक किसानलाई भारतीय माछाका कारण बजारीकरणमा समेत समस्या भएको बताएका छन् ।

ज्ञापन पत्र बुझदै मेयर शिवाकोटीले किसान र सचेत नागरिकहरुबाट भएको मागका बारेमा छलफल गरेर समाधान खाजिने जानकारी दिए । उनले आफु नगरबासीको स्वास्थ्यमा सधैं संवेदनशील भएको प्रष्ट पारेका छन । नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बिर्तामोड माछामा आत्मनिर्भर भएको बताएका छन । उनले आत्मनिर्भर रहेको नगरमा विषादीयुक्त माछा प्रयोग नगर्दा हुने बताए । बिर्तामोड क्षेत्रमा रसायनमा सडाएर ल्याइएका माछाले स्वास्थ्यमा असर गर्ने भन्दै माग भए अनुसार नियन्त्रण गरिने जानकारी दिए ।

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]