बैशाख २६, २०८२ शुक्रबार

महान्यायाधिवक्ता खरेलको पहलमा देवी माविलाई स्कुल बस सहयोग

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी माविले विधार्थीलाई यातायात सुविधा दिन बस ल्याएको छ । पूर्वमै सबैभन्दा धेरै विधार्थी रहेको सामुदायिक विधालयमा टाढा–टाढाबाट अध्ययनका लागि आउने विधार्थीको सुविधाको लागि बस ल्याइएको हो ।

महान्यायाधिवक्ता अग्नी खरेलको विशेष पहलमा देवी माविले बस प्राप्त गरेको देवी माविका अध्यक्ष ज्ञानु प्रसाईले जानकारी दिए । भारतीय दुतावाससँग विधालयले स्कुल बस माग गरेको थियो । सोहि अनुरुप महान्यायाधिवक्ता खरेलले विधालयको विधार्थी चापलाई मध्यजनर गर्दै दुतावासबाट बस उपलब्ध गराइदिएका छन् । देवी माविमा प्रदेश १ का विभिन्न जिल्लाका विधार्थी अध्ययन गर्छन् ।

प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]